मौलिक भान्छाघरले मौलिक उत्पादन तथा ४२ व्यञ्जन खानपिन मेला आयोजना गर्दै


काठमाडौँ । अर्गानिक फार्म हाउस तथा मौलिक भान्छाघर र मौलिक बजारले हिन्दु नारीको महान चाड हरितालिका तीजको अवसरमा ४२ व्यञ्जन परिकारको दर खुवाउने र ४२ व्यञ्जन परिकार मेला आयोजना गर्ने भएको छ ।

वल्र्डमार्ट युनिक सोलुशन प्रा.लीद्धारा सञ्चालित अर्गानिक फार्म हाउस तथा मौलिक भान्छाघर र मौलिक बजारले भदौ ३० र ३१ गते मेला निरन्तर आयोजना गर्ने भएको हो ।

आफ्नो जात धर्म अनुसार मनाइने मौलिक चाडपर्व र यसमा खाइने विशेष परिकारकोे महत्व बुझाउने उद्देश्यले हरितालिका तीजको अवसरमा मौलिक भान्छाघरले ४२ व्यञ्जन परिकारको बुफे र थाली प्याकेजबाट –दर खाने साथै स्थानीय मौलिक उत्पादन र संस्कृतिको प्रवर्दन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको जनाएको छ ।

मौलिक भान्छाघरले तीजको दर खाने अवसरलाई लक्षित गरी विशेष छुट सहित चाहे जति मात्रामा ४२ व्यञ्जन खाने गरी स्टल बुफे थाली प्याकेज पनि ल्याएको छ । मौलिक भान्छाघरले ४२ परिकारको बुफे÷थाली प्रति व्यक्ति १ हजार ९९९ रुपैयाँको मात्र ९९९ रुपैयाँ मा, बुफे प्रति जोडी २ हजार ९९९ रुपैयाँको १ हजार ९९९, कम्बो बुफे ४ जना ३ हजार ९९९ रुपैयाँको २ हजार ९९९ रुपैयाँ र कम्बो बुफे ५ जना भन्दा माथिको लागि प्रति थाली ९९९ रुपैयाँको अब मात्र ७०० सयमा उपलब्ध हुने उल्लेख गरिएको छ ।

मौलिक भान्सा घरले भदौ अन्तिम साता अर्थात हरितालिका तिजबाट सुरु गरेर यो प्याकेज १ वर्षसम्म हरेक हप्ताको शुक्रबार र शनिबार नियमति रुपले सञ्चालन गर्न लागेको छ ।

काठमाडौंको बुढानिलकण्ठ –१० कपन, आकाशेधारा नजिक गैह्रीगाउँमा वल्र्डमार्ट युनिक सोलुशन प्रा.लि ले अर्गानिक फार्मिङ, पशुपन्छी फार्म, फार्मस्टे सहितको नमुना परियोजना सञ्चालन गरिररहेको छ । परियोजनाको अबधारणा अनुसार एक स्थानीय तह, एक उत्पादन ब्रान्डिङ गर्न प्रशोधन तथा ब्रान्डिङ उद्योग र ७५३ स्थानीय तहमै खरिद–बिक्री केन्द्र सञ्चालन गर्ने उद्देश्य अनुरुप मौलिक बजार तथा मौलिक संग्राहलय सञ्चालन गरिरहेको छ । साथै देशभित्रका मौलिक चाडपर्व,संस्कृति र रैथाने परिकारको प्रवद्र्धन गर्ने उद्देश्यले ७ प्रदेश,७ परिकार तथा चौरासी व्यञ्जनको मेनु सहित मौलिक–भान्छाघर र सांस्कृतिक हल समेत सञ्चालनमा ल्याएको छ ।

साथै मौलिक बजारले यही २०८० भदौको अन्तिम साताबाट सुरु गरेर (वर्षभरी ५२ साता) हरेक सप्ताहन्तको शुक्रबार र शनिबार मौलिक भान्छाघरमा विभिन्न ८४ व्यञ्जन परिकारका स्वाद पस्किने गरेको जनाइएको छ ।

देशभरि उत्पादन भएका स्थानीय मौलिक उत्पादन ७५३ पालिकाबाट संकलन गरी प्याकेजिङ, ब्रान्डिङ समेत गरी सुपथ मुल्यमा खरिद बिक्री व्यवस्थापन गर्दे आएको मौलिक बजारले अब प्रत्येक पालिका र कृषक हाटबजार सहभागीतामा उत्पादन मेला (स्टल) हाटबजारमा सहभागी हुनका लागी आव्हान गरेको छ ।

साथै ८४ व्यञ्जन मध्ये ४२ व्यञ्जनको थाली सहित सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको जनाएको छ । देशभर ७५३ पालिका मध्येबाट उपलब्ध संकलित उत्पादन भान्साघरमा पकाएर खाने÷खुवाउने र पालिकाले स्टल राखी खरिद तथा विक्री वितरण समेत गरिने सप्ताहन्त कार्यक्रमको मूल लक्ष्य रहेको जनाएको छ । यस कार्यक्रमले ग्राणीण क्षेत्रका उत्पादनको बजारीकरण र विभिन्न जातजातीले मनाउने मौलिक चाडपर्व र परिकारहरुको प्रवद्र्धनमा ठूलो टेवा पुग्ने अठोट रहेको उल्लेख गरेको छ ।