सिटिजन बैंकले ५.७९ प्रतिशत नगद लाभांश घोषणा


काठमाडौं । सिटिजन बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनीको भदौ ३१ गते बसेको संचालक समितिको बैठकले ५.७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामि साधारण सभाले पारित गरे पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरिने जनाइएको छ ।