वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकले कति दिन्छ ?


काठमाडौं । वाणिज्य बैंकहरुले असोज महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । असोज महिनाको लागि सात ओटा बैंकले ब्याजदर बढाउँदा आठ ओटा बैंकले घटाएका छन् भने चार ओटा बैंकको ब्याजदर स्थिर रहेको छ ।
प्राइम कर्मशियल बैंक, नबिल बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टन्ट मेगा बैंक, नेपाल एसबिआई बैंक र स्ट्याण्र्डड चार्टड बैंकले बढाएका छन् ।

ग्लोबल आइएमई बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, कृषि विकास बैंक, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले घटाएका छन् भने प्रभु बैंक, एनएमबि बैंक, माच्छापुच्छ«े बैंक, सिद्धार्थ बैंकको ब्याजदर स्थिर रहेको छ ।

सबैभन्दा बढि ब्याजदर प्राइम कर्मशियल बैंकले दिने भएको छ । प्राइम कर्मशियल बैंकले व्यक्तिगत निक्षेपमा ११.३५८ प्रतिशत ब्याजदर दिने भएको छ । हिमालयन बैंकले ११.०५४ प्रतिशत, एभरेष्ट बैंकले ११.०५४ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ११.०३ प्रतिशत, नबिल बैंकले ११.०५४ प्रतिशत, नेपाल एसबिआई बैंकले ०.०१ प्रतिशत र नेपाल स्ट्यार्डड चार्टड बैंकले ९.२९ प्रतिशत ब्याजदर तोकेको छ ।

प्रभु बैंकले १० प्रतिशत, एनएमबिले ९.९९ प्रतिशत, माछापुच्छ्रे बैंकले ९.९९ प्रतिशत, र सिद्धार्थ बैंकले ९.९९ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

नेपाल बैंकले ९.२९३ प्रतिशत, सिटिजन बैंकले १०.०५ प्रतिशत, कुमारी बैंकले १०.११ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ९.५ प्रतिशत, लक्ष्मी सनराइजले १० प्रतिशत, ग्लोबल आइएमई बैंकले १०.५ प्रतिशत, कृषि विकास बैंकको १०.०१, सानिमाले ९.९५ प्रतिशत ब्याजदर तोकिएको छ ।