ओरियन्टल होटलले ५.२६ प्रतिशत नगद लाभांश दिने


काठमाडौँ । ओरियन्टल होटलले सेयर धनीलाई ५.२६ प्रतिशत नगद लाभांस दिने भएको छ । होटलले गत आर्थिक वर्ष २०७९ ८० को नाफाबाट सेयरधनीहरुलाई कर सहित ५.२६ नगद लाभांस दिने भएको हो ।

कम्पनीले सेयरधनीलाई दिन लागेको लाभांश पारित गर्नको लागि असोज २५ गते २६ औं बार्षिक साधारणसभा बोलाएको छ भने सभाले पारित गरेपछि मात्र सेयरधनीले लाभांश पाउनेछन् ।

असोज ११ गतेसम्म कायम रहेका सेयरधनीले उक्त लाभांश पाउनेछन् । कम्पनीले सभाका लागि भन्दै असोज १२ गतेदेखि असोज २५ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ ।