भृकुटीमण्डपमा टिभिएसको एक्सचेन्ज मेला सकिन तीन दिन बाकीँ , यस्ता छन् छुट र सुविधा


काठमाडौँ । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले च्याम्पियन्स एक्स्चेन्ज मेलाको आयोजना गरेको छ ।

असोज १ गते देखि काठमाडौँको भृकुटीमण्डपमा आयोजित यो मेला असोज ६ गते सम्म चल्ने कम्पनीले जनाएको छ । यस मेला मार्फत ग्राहकहरूले कुनै पनि ब्राण्डका पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गर्दा आर्कषक छुट तथा उपहारहरू पाउने कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गरेर टिभिएसको दुई पाङ्ग्रे सवारी साधन लिँदा बजार मुल्याङ्कन भन्दा रु १० हजार बढी मूल्य पाउने छन् । मेला मार्फत नै उपभोक्ताले कम्पनीद्वारा दशैँ तथा तिहारका सुअवसरमा सार्वजनिक ‘हर मोडमा उमंग’ योजना अन्तर्गत, नकिन्दै १ लाख र किन्दा नगद रु। ५ लाख सम्मको नगद पुरस्कार पनि पाउन सक्ने व्यवस्था रहेको छ ।

साथै, हरेक महिना लक्कि ड्र मार्फत सत् प्रतिशत क्याश ब्याक पनि जित्न सक्नेछन् र एक भाग्यशाली विजेतालाई बम्पर उपहार रु। १० लाखको नगद पुरस्कार उपलब्ध गरिने जनाएको छ । यो योजनामा आकर्षक फाइनान्स अफर पनि समावेश छ, जस अन्तर्गत न्यूनतम २५५ डाउनपेमेन्ट र शुन्य प्रतिशत ब्याजदरको ईएमआइमा ईच्छुकले बाइक तथा स्कुटर खरिद गर्न सक्नेछन् । यस बाहेक ग्राहकहरुले हेलमेट, बाइक कभर, र ब्याग जस्ता आकर्षक उपहारहरु पनि प्राप्त गर्न सक्ने छन् ।