शिक्षा विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै शिक्षकहरुकाे आन्दोलन (फाेटाेफिचर)


नेपाल शिक्षक महासंघको आह्वानमा देशभरबाट काठमाडौं आएका शिक्षकहरु माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका छन् । सरकारले ल्याएको विद्यालय शिक्षा सम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै शिक्षकहरुले माइतीघर मण्डलामा आन्दोलन थालेका छन् । माइतीघरबाट सुरू भएकाे विराेध प्रदर्शन नयाँ बानेश्वरमा पुगेर राेकिएकाे छ ।

उनीहरुले ‘विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर’, ‘शिक्षामा कूल बजेटको २० प्रतिशत लगानी गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

विगतको सहमति अनुसार विधेयक नआएको भन्दै महासंघले विधेयकका दफा ७१ देखि ८८ सम्म राखिएका विभिन्न प्रावधानमा संशोधन गर्नुपर्ने माग गरेर आन्दोलन थालेको हो ।