एन-प्याब्सनलाई गृह मन्त्रालयले गर्‍यो निलम्बन


काठमाडौं । निजी विद्यालयहरूको संगठन राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन)लाई गृह मन्त्रालयले निलम्बन गरेको छ ।

गृहमन्त्रालयबाट दिइएको निर्देशन बारम्बार पालना गरेको नदेखिएको, संगठनका पदाधिकारीहरूले नेपाल सरकारबाट स्वीकृत विधान तथा संगठनको मूल उद्देश्य विपरितका कार्यहरूसमेत गरेको देखिएको भन्दै मन्त्रालयले निलम्बन गरेको हो।

मन्त्रालयले सम्बद्ध सरोकारवाला पक्षहरूलाई २०८३ असोज २३ गते छलफल गराई राष्ट्रिय निर्देशन ऐन, २०१८ तथा यस नन्वालयवाट मिति २०८२/८/१२ गते जारी निर्देशन बमोजिमका कार्य गर्न आग्रहसमेत गरिएकामा सो बमोजिम गरिएको नदेखिएकाले राष्ट्रिय निर्देशन ऐन, २०१८ दफा ५ वमोजिमको निर्देशन पालना नगरेकाले ऐनको दफा ६ को उपदफा (२) बमोजिम एन-प्याब्सनलाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरिएको भन्दै मन्त्रालयले सूचना जारी भए पश्चात संस्थाका नाममा कुनै पनि समूह वा गुटबाट हुने क्रियाकलाप गैरकानुनी हुने हुँदा प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी पनि दिएको छ।