रियलमीको फ्यान फेस्ट हुदैँ


काठमाडौँ । स्मार्टफोन ब्राण्ड रियलमीले आफ्ना ग्राहकहरूका लागि यहि असोज ५ गते शुक्रबार ठमेल स्थित छाँया सेन्टरमा निःशुल्क फ्यान फेस्ट आयोजना गर्ने भएको छ । कम्पनीका अनुसार यस फ्यान फेस्टमा रियलमीले आफ्ना नयाँ बजेट–फ्रेण्डली स्मार्टफोन मोडलहरू रियलमी ११ एक्स र रियलमी ११ ५जी बजारमा सार्वजनिक गदँैछ ।

भेक र यावेशको लाइभ प्रस्तुतिको साथै यस फ्यान फेस्टमा आकाश खड्काको पनि प्रस्तुति रहने उल्लेख गरिएको छ । आफ्ना ग्राहकहरुलाई सर्वोत्कृष्ट स्मार्टफोन मात्र नभई सर्वोत्कृष्ट अनुभव पनि प्रदान गर्ने रियलमीको प्रतिवद्धतालाई यस फ्यान फेस्टले सार्थक रुप दिएको छ । यस फ्यान फेस्टमा विभिन्न गेमहरु पनि राखिएको र सहभागिहरुले आकर्षक उपहारहरु पनि जित्न सक्ने जनाइएको छ ।

रियलमी ११ एक्स र रियलमी ११ ५जीले स्मार्टफोनको ल्यान्डस्केपलाई आफ्ना उल्लेखनीय सुविधाहरू र आकर्षक डिजाइनको साथ पुनः परिभाषित गर्ने सम्भावना धेरै रहेको जनाइएको छ । रियलमी ११ एक्स र रियलमी ११ ५जीको कुरा गर्दा दुवै स्मार्टफोनमा मिडियाटेकको डाइमेंनसिटी ६१००+ को पावरफुल चिप्सेट, ६.७२ इन्चको १२० हर्ज रिफ्रेस रेट भएको अल्ट्रा स्मुद डिस्प्ले रहेको छ ।

रियलमी ११ एक्समा ६४ मेगा पिक्सेलको मेन क्यामरा रहेको छ भने रियलमी ११ ५जीमा १०८ मेगा पिक्सेलको मेन क्यामरा रहेको छ । रियलमी ११ एक्समा ३३ वाटको फास्ट चार्जर र रियलमी ११ ५जीमा ६७ वाटको सुपरभोक चार्जर रहेको छ । यो कन्सर्ट सबैका लागि पूर्ण रूपमा निःशुल्क रहेको उल्लेख गरिएको छ ।