सनराईज क्यापिटलको सिएसआर अन्तर्गत पुँजी बजार सम्बन्धी सारक्षरता अभियान संचालन


काठमाडौँ । सनराइज क्यापिटल लिमिटेडले बिटा एनालिटिक्स प्रा. लि.को सहकार्यमा, पूँजी बजार साक्षरता सुधार गर्न र युवा पुस्तालाई सशक्तिकरण गर्न संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत रहेर पुँजी बजार सम्बन्धी सारक्षरता अभियान संचालन गरेको छ ।

बि.सं. २०८० को भदौ २४ गते देखि २७ गते सम्म नेपालगञ्ज, लुम्बिनी प्रदेश , सुर्खेत, कर्णाली प्रदेश, र धनगढी, सुदूरपश्चिम प्रदेश (प्रदेश ७) का विभिन्न कलेजहरूमा लगानी सचेतना तथा तालिम कार्यक्रमहरू सञ्चालन गरिएको हो ।

कार्यक्रमबाट सन्राईज क्यापिटल लिमिटेडले आफ्नोे संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्नुका साथै नयाँ पुस्तालाई पुँजी बजार सम्बन्धमा साक्षर बनाउन र सेयर बजार लगानी सम्बन्धि व्यावहारिक तथा आधारभुत ज्ञान प्रदान गर्न सफल भएको जनाएको छ ।

उक्त कार्यक्रम मिति २०८०÷०५÷२४ मा धनगढीको सुदूर पश्चिमाञ्चल एकेडेमी (एस.पी.ए कलेज) र मिति २०८०÷०५÷२५ मा ऐश्वर्या बहुमुखी क्याम्पसमा सम्पन्न गरिएको थियो, जसमा २५० भन्दा बढीको सहभागी रहेको उल्लेख गरिएको छ ।

सनराइज क्यापिटलको पुँजी बजार लगानी सचेतना कार्यक्रम मिति २०८०÷०५÷२६ मा लुम्बिनी प्रदेशको नेपालगञ्ज स्थित बाँके बागेश्वरी क्याम्पसका गैर–व्यावसायिक, तर प्राविधिक, आईटी र इन्जिनियरिङ स्नातक तहका बिधार्थीहरूलाई पुँजी बजारका विषयवस्तुका बारे सामान्य ज्ञान तथा शिप सशक्तिकरण गर्ने उद्धेश्यले आयोजना गरेको जनाइएको छ ।

साथै मिति २०८०÷०५÷२७ मा कर्णाली प्रदेशको सुर्खेतमा सुर्खेत मोडल कलेजमा आयोजित कार्यक्रममा विद्यार्थी समुदायबाट अत्याधिक सकारात्मक प्रतिक्रिया प्राप्त गर्न सफल रहेको क्यापिटलको तर्फबाट इन्भेस्टमेन्ट बैंकिङ प्रमुख विनोद आलेले जानकारी दिए ।

सहभागीहरूले आर्थिक आत्मनिर्भरताको भावनालाई प्रज्वलित गर्दै आफ्नो वित्तीय गतिविधिमा आफ्नो नयाँ ज्ञानलाई लागू गर्न उत्सुकता व्यक्त गरेका थिए । कार्यक्रममा सुर्खेत शाखाका शाखा प्रबन्धक सुष्मा गिरीको नेतृत्वमा लक्ष्मी सनराइज बैंकको प्रेरणादायी प्रतिनिधित्व पनि रहेको थियो ।

पुँजी बजार साक्षरता तथा लगानीकर्ता सचेतना कार्यक्रम देशको ७ वटै प्रदेशमा गर्न सनराईज् क्यापिटल लि. सँधै अग्रसर रहेको सनराईज् क्यापिटल लिमिटेडका कार्यकारी प्रमुख बिजय लाल श्रेष्ठले बताए ।

यस अभियानको नेतृत्व सनराइज क्यापिटलका इन्भेस्टमेन्ट बैंकिङका प्रमुख विनोद आलेले गरेका थिए । जसमा धितोपत्र कारोबार, लगानी रणनीति, जोखिम व्यवस्थापन, डिम्याट, पोर्टफोलियो व्यवस्थापन, म्युचुअल फण्ड, मर्चेन्ट बैंकिङ, अनुसन्धान र सल्लाहकार र प्रणालीगत लगानी लगायतका मुख्य क्षेत्रहरूमा केन्द्रित रहेको जनाइएको छ । नेपालको पूर्वी प्रान्तमा यस पहललाई निरन्तरता दिने र विस्तार गर्ने योजनासहित कार्यक्रमको औपचारिक समापन गरिएको छ ।