आइसर मेगा सर्भिस क्याम्प सम्पन्न


काठमाडौँ । आइसर मेगा सर्भिस क्याम्प सम्पन्न भएको छ । मिति २०८० भदौ १७ गतेदेखि २०८० भदौ २९ गतेसम्म सञ्चालित आइसर मेगा सर्भिस क्याम्प सकारात्मक प्रतिक्रिया र परिणामका साथ सम्पन्न भएको जनाएको छ ।

नेपालभरका ११ विभिन्न स्थानबाट सञ्चालन गरिएको यस क्याम्पमा भेला भएर करिब २ हजार जना भन्दा बढी ग्राहकहरुले आफ्ना सवारीको सर्भिसिङ मार्पmत लाभ लिएकाे उल्लेख गरिएको छ ।

बतास एमएडब्लूले आइसर मेगा सर्भिस क्याम्पमा उपस्थित ग्राहकहरुलाई ६ महिनासम्म पाट्र्समा वारेन्टी प्रदान गरेको छ ।

यसका साथै नियमित मर्मतसम्भारदेखि उच्च दक्ष प्राविधिक टोलीबाट अप्रत्याशित मर्मतको सुविधा पनि आइसरले आफ्नो ग्राहकलाई प्रदान गरेको जनाएको छ ।

बिदाको समय तथा रात्रिकालिन सेवाका लागि आपतकालीन सेवा चौबिसै घण्टा संचालन हुने र उक्त सेवा लिनका लागि टोल फ्री नम्बर १६६००१११५५५ मा फोन गरि चौबिसै घण्टा सेवा लिन सकिने कम्पनीले जानकारी दिएको छ ।