शाओमीको नेपालमा ५ वर्ष पुरा


काठमाडौँ । शाओमीले नेपालमा आफ्नो ५ वर्ष पूरा गरेको छ । नेपालमा शाओमीले उपस्थितिको पाँच वर्ष मात्र नभई नेपाली ग्राहकवर्गलाई इनोभेसन, गुणस्तर र किफायती स्र्माटफोन उपलब्ध गराउने ब्रान्डको प्रतिबद्धता मनाउँदै जनाएको छ ।

कम्पनीका अनुसार सन् २०१८ मा लन्च भएदेखि नै शाओमीले नेपाली बजारमा महत्वपूर्ण फड्को मार्दै देशको अग्रणी स्मार्टफोन ब्रान्डहरूमध्ये एक बन्न सफल भएको छ । कम्पनीले सफलताको श्रेय उसको इनोभेसन र किफायती मूल्यमा उच्च गुणस्तरका स्र्माटफोनहरू उपलब्ध गराउने प्रतिबद्धतामा समर्पित रहेको उल्लेख गरेको छ ।

विगत पाँच वर्षमा शाओमीले नेपाली स्मार्टफोन बजारमा आफ्नो उपस्थितिलाई निरन्तर बढाउँदै आएको छ । शाओमी नेपाल उच्च गुणस्तरको प्रविधिलाई सबैका लागि पहुँचयोग्य बनाउने आफ्नो लक्ष्यमा अडिग रहेको जनाएको छ । साथै नेपालमा आफ्ना प्रोडक्ट अफरिङ् तथा ग्राहक अनुभवलाई थप वृद्धि गर्न प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।
विगतका वर्षहरू जस्तै शाओमी नेपालले ग्राहकवर्गको चाडपर्वलाई थप विशेष बनाउँदै पपुलर स्मार्टफोन मोडेलहरूमा रु. २००० सम्मको आकर्षक छुट प्रदान गरिरहेको छ । शाओमी नेपालले ‘चाडपर्वको मुड, अफर टु गुड’ घोषणा गरी शाओमी फ्यानबेसका लागि खुसी फैलाउने र उल्लेखनीय अफरहरू प्रदान गर्ने प्रतिबद्धता कायम राखेको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, “हामी नेपालमा हाम्रो ५ औं वार्षिकोत्सव मनाउन पाउँदा धेरै खुसी छौँ । यस सुन्दर देशमा शाओमीको यात्रा उल्लेखनीय रह्यो र हामी ग्राहकवर्गहरू तथा पार्टनरहरूको विश्वास र समर्थन प्रति आभारी छाँै । हामी आशा गर्दछौँ कि यो सर्पोट भविष्यमा पनि जारी रहनेछ ।”