वेस्टर्न युनियनको ‘दसैँमा दश गुणा’ योजना, १० लाख जित्ने अवसर


काठमाडौँ । वेस्टनियन मनी ट्रान्सफरले दसैँ, तिहार र छठ पर्वलाई लक्षित पार्दै ‘दशैंमा दश गुणा’ याेजना ल्याएकाे छ । वेस्टर्न युनियन मनी ट्रान्सफरले यस पर्वको उत्सवमा ग्राहकहरूको खुशी गुणा गर्ने लक्ष्य सहित यस योजना ल्याएको हो ।

यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले नेपालका सबै ७७ जिल्लाहरूमा रहेका वेस्टर्न युनियन मनी ट्रान्सफर सेवाका १५, हजारभन्दा बढी भुक्तानी काउन्टरहरू मध्ये कुनैबाट आफ्नो रेमिटेन्स प्राप्त गर्नुपर्ने अभियान अवधिका प्रत्येक कारोबारहरू स्वत रूपमा साप्ताहिक र बम्पर को लागि समावेश हुने कम्पनीले जनाएको छ । यो योजना नेपालभर असोज ८ गते देखि मंसिर १० सम्म लागू हुने कम्पनीले जनाएकाे छ ।

यस योजना अन्तर्गत आठ हप्तासम्म ६४ भाग्यशाली ग्राहकहरुले रु २५ हजारसम्मको कारोबारमा दुई गुणा र सो भन्दा बढीको कारोबारमा रु २५ हजार पुरस्कार पाउनेछन्।

यसका साथै बम्परमा भाग्यशाली ग्राहकले रु एक लाख सम्मको कारोबारमा दश गुणा प्राप्त गर्नेछन् भने पचास हजार भन्दा कम कारोबारमा निश्चित पुरस्कार रु पाँच लाख प्राप्त गर्नेछ । कम्पनीका अनुसार विजेताको कारोबार रकम रु एक लाख भन्दा बढी भएमा विजेताले निश्चित पुरस्कार रकम रु १० लाख प्राप्त गर्नेछन् ।