निर्यात ७.७९ प्रतिशतले घट्दा आयात ५ प्रतिशतले घट्यो


काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो दुर्ई महिनामा २ खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख ९८ हजार रुपैयाँ बराबरको आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार यो गत आर्थिक वर्षको पहिलो दुई महिनाको आयातभन्दा ५.०६ प्रतिशतले कम हो । गत आर्थिक वर्षको पहिलो दुई महिनामा २ खर्ब ७३ अर्ब ५९ करोड ९६ लाख ५२ हजार रुपैयाँ बराबरको आयात भएको थियो ।

निर्यात भने गत आर्थिक वर्ष पहिलो दुई महिनाको तुलनामा चालू आर्थिक वर्षको पहिलो दुई महिनामा ७.७९ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षमा २८ अर्ब ६८ करोड ४ लाख ३७ हजार रुपैयाँ बराबरको निर्यात भएको छ भने चालू आर्थिक वर्षमा २६ अर्ब ४४ करोड ७० लाख ३३ हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।

नेपालको कुल व्यापार गत आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा ५.३२ प्रतिशतले घटेको छ ।