सोमबार नेप्सेमा सामान्य गिरावट


काठमाडौं । साताको कारोबारको दोस्रो दिन सेयरबजारमा सामान्य गिरावट भएको छ । सोमबार नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर मापक सूचक नेप्से परिसूचक ५.८९ अंकले घटेर २००४.४५ अंकमा झरेको छ ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि १.९४ अंकले घटेर ३८३.६७ अंकमा झरेको छ ।

नेप्सेमा कारोबार भएका कुल १३ उपमुहमध्ये २ वटा उपमुहको सेयर घटेको छ भने बाँकी ११ वटा कम्पनीको सेयरमूल्य घटेको छ ।

आजको दिन सन नेपाल लाइफ इन्स्योरेन्स कारोबार रकमको आधारमा अगाडी रहेको छ ।

आजको दिन मईखोला हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन शुभम् पावर लिमिटेड र थ्रिस्टार हाइडोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्, दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।

कुल २८४ कम्पनीको ६५ लाख १६ हजार ६ कित्ता सेयर किनबेच हुँद १ अर्ब ५६ करोड ५५ लाख ७३ हजार ४ सय ७१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।