शिक्षकमाथि प्रहरीकाे डन्ठा र बन्दुक (फाेटाेफिचर)


काठमाडौँ । बानेश्वरमा आन्दाेलनरत शिक्षकमाथि प्रहरीले लाठी प्रहार गरेकाे छ । निषेधित क्षेत्रमा प्रवेश गर्न खाेजेपछि बार लगाएर बसेको प्रहरीले केही शिक्षकलाई लछारपछार र लाठी प्रहार गरेको हो ।

राहत शिक्षकहरुले आज पनि प्रदर्शन गरेका छन् । उनीहरुले विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै आन्दनेलनलाई निरन्तरता दिइरहेका छन् । उनीहरु माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी रहने उनीहरुले बताएका छन् ।

शब्द/तस्बिरः पुष्पा पाल