श्रममन्त्री भण्डारी रोमानिया प्रस्थान,दुईपक्षीय श्रमसम्झौता हुने


काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी रोमानिया प्रस्थान गरेका छन् ।

मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीसहित मन्त्री भण्डारी रोमानिया प्रस्थान गरेका हुन् ।

पछिल्लो समय वैदेशिक रोजगारीलाई प्रभावकारी बनाउने भन्दै प्रयास गरिरहेका मन्त्री भण्डारीले रोमानिया र जर्मनीसँग दुईपक्षीय श्रम सम्झौता गर्ने तयारी गरेका छन् ।

सचिवालयका अनुसार दुईपक्षीय श्रमसम्झौताका लागि पहिलो मन्त्री भण्डारी रोमानिया जानेछन् । दुबैपक्षबाट अन्तिम तयारी भइसकेको र सम्झौता गर्ने तयारी भएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ ।

रोमानियापछि मन्त्री भण्डारी जर्मनी जानेछन् । सचिवालयका अनुसार मन्त्री भण्डारीले जर्मनसँग पनि श्रम सम्झौताका लागि पहल गरेका छन् ।

मन्त्री भण्डारी, सचिव भण्डारी, मन्त्रालयका सहसचिव तथा कर्मचारीसहितको टोली आज बिहान साढे ७ बजे टर्किस एअरलाइनबाट रोमानियातर्फ लागेका हुन् ।