नेप्सेमा ९ अंकको वृद्धि, मध्यभोटेकोशीको सबैभन्दा धेरै कारोबार


काठमाडौं । साताको कारोबारबारको चौथो दिन सेयरबजारमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक ९.२४ अंकले बढेर १९६७ अंकमा पुगेको छ ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ०.५१ अंकले घटेर ३७४.७४ अंकमा पुगेको छ ।

नेप्सेमा कारोबार भएका कुल १३ उपमुहमध्ये १२ वटा उपसमुहमा हरियाली छाएको छ भने बैंकिङ उपसमुह भने घटेको छ ।

बुधबार कारोबार रकमका आधारमा सिटिजन्स लाइफ इन्स्योरेन्स लिमिटेड अग्रस्थानमा रहेको छ । कम्पनीको ७ करोड ९३ लाख ६३ हजार १ सय २२ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा मध्यभोटेकोशी जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन समता लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ६.६१ प्रतिशतले घटेको छ ।

कुल २८४ कम्पनीको ४३ लाख २३ हजार २१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १८ करोड ९९ लाख ३१ हजार ३ सय ८५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।