जर्मनी र रोमानियासँग हुने द्विपक्षीय श्रम सम्झौता गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय


काठमाडौँ । सरकारले जर्मनी र रोमनियासँग हुने हुने द्विपक्षीय श्रम सम्झौता गर्न स्वीकृति दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले रोमानीय र जर्मनीसँग हुने श्रमसम्झौता गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

सम्झौताका लागि आजै श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी रोमानिया प्रस्थान गरिसकेका छन् । मन्त्री भण्डारीको नेतृत्वको प्रतिनिधि मण्डललाई उक्त सम्झौता सम्बन्धी कार्यक्रममा सहभागि हुन स्वीकृति दिने निर्णय भएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

मन्त्री भण्डारी आजै बिहान साढे सात बजे टर्किस एअरलाइन्सको उडानबाट श्रमसम्झौताका लागि रोमनिया प्रस्थान गरेका छन् । रोमानियापछि मन्त्री भण्डारी जर्मनी जाने कार्यक्रम छ ।