रियलमीको सि ५१ र सि ५३ नेपाली बजारमा


काठमाडौँ । चिनीयाँ स्मार्टफोन ब्रान्ड रियलमीले दुई ग्राउन्डब्रेकिंग स्मार्टफोनहरू बजारमा ल्याएको छ । रियलमीको रियलमी सि ५१ र रियलमी सि ५३ बजारमा आएको हो ।

रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले भने,“रियलमीमा हामी ग्राहकहरूको जीवनशैलीसँग मेल खाने नवीनतम प्रविधियुक्त स्मार्टफोनहरु बजारमा ल्याउन प्रतिबद्ध छौँ । रियलमी सि ५१ र सि ५३ ले हाम्रो यही प्रतिबद्धतालाई मूर्त रूप दिएको छ । रियलमी सि ५१ र सि ५३ दुवै यी प्राइस सेग्मेन्टको लागि अत्यन्तै उत्कृष्ट फोन हुन । रियलमी सि ५१ मा हामीले मेमोरीमा लिप फर्वार्ड गरेका छौँ भने सि ५३ मा क्यामेरामा लिप फर्वार्ड गरेका छौँ । ”

रियलमी सि ५१ : मेमोरीको च्याम्पियन

रियलमी सि ५१ मा भएको ३३ वाटको सुपरभोक फास्ट चार्जरको मद्दतले ० देखि ५०% सम्म मात्र २८ मिनेटमा नै चार्ज हुनसक्छ । ७.९९ एमएमको अल्ट्रा–स्लिम डिजाइन रहेको छ । ५० मेगापिक्सेल एआई क्यामारा रहेको यस फोनले असाधारण रुपमा आकर्षक तस्बिरहरू निकाल्ने कम्पनीले जनाएको छ ।

१२८ जिबीको स्टोरेज,४ जिबीको बिल्ट–इन ¥यामका साथै डिआरइ टेक्नोलोजीमार्फत थप ४ जिबी ¥याम बढाउन पनि मिल्ने उल्लेख गरिएको छ । ५००० एमएएचको ब्याट्री र रियलमी सि ५१ मा फास्ट पर्फमेन्स र प्रभावकारी प्रोसेसिङको लागि पावरफुल अक्टा–कोर चिपसेट रहेको छ ।

रियलमी सि ५३ : क्यामराको च्याम्पियन

कम्पनीका अनुसार १०८ मेगापिक्सेल अल्ट्रा क्लियर क्यामेरा सहितको रियलमी सि ५३ ले ग्राहकहरुलाई फोटोग्राफिको प्रशस्तै डाइमेन्सनहरु एक्स्प्लोर गर्ने अवसर प्रदान गर्छ । यसको ७.९९ एमएम अल्ट्रा स्लिम रहेको छ । १८ वाट क्विक चार्जको सुविधा भएको रियलमी सि ५३ मा ५००० एमएएचको ब्याट्री राखिएको छ ।
रियलमी सि ५३ मा १२ जिबी सम्म्को डायनामिक ¥याम, १७.१३ सेन्टिमिटर (६.७४ इन्च) ९० हर्जको डिस्प्ले रहेको कम्पनीले जनाएको छ ।

रियलमी सि ५१ दुई कलर मिन्ट ग्रिन र ब्ल्याकमा उपलब्ध छ भने रियलमी सि ५३ गोल्ड र ब्ल्याक कलरमा उपलब्ध छ ।

रियलमी सि ५१ जिबि ६४ जिबि भेरियन्टमा उपलब्ध छ र यसको मूल्य रु. १५,९९९ रहेको छ । त्यस्तै, रियलमी सि ५३ ४ जिबि १२८ जिबि भेरियन्टमा उपलब्ध छ र यसको मूल्य रु. १७,९९९ रहेको छ ।