अल्टिमाको ‘अल्टिमा वाच सर्कल’ र ‘अल्टिमा वाच म्याजिक प्रो’ स्मार्टवाच बजारमा


काठमाडौँ । नेपाली ब्रान्ड – अल्टिमा लाइफ स्टाइलले नयाँ दुई वटा स्मार्टवाच बजारमा सार्वजनिक गरेकोे छ । सार्वजनिक भएकोे स्मार्टवाचका मोडलहरु – ‘अल्टिमा वाच सर्कल’ र ‘अल्टिमा वाच म्याजिक प्रो’ रहेका छन् । अल्टिमा वाच सर्कल त्रु अमोलेद स्मार्टवाच हो भने अल्टिमा वाच म्याजिक प्रो आधुनिक विशेषतायुक्त स्मार्टवाच भएको कम्पनीले जनाएको छ ।

‘अल्टिमा वाच सर्कल’ यही बुधबारदेखि आधिकारिक रूपमा बजारमा सार्वजनिक भएको छ । उपोभोक्ताहरुले सीमित अवधिको लागि अल्टिमा वाच सर्कलको मूल्य ३ हजार ९९९ रुपैयाँमा खरिद गर्न सक्ने जनाइएको छ ।

कम्पनीका अनुसार यसको मूल्य सीमित संख्याको लागि मात्रै प्रवर्धन गरिएको हो तत्पश्चात् अल्टिमा वाच सर्कलको बजार मूल्य ५ हजार ९९९ रुपैयाँ रहनेछ । यसमा ४६६ह४६६ पिक्सेलको उच्च रिजोल्युसनयुक्त १।४३ इन्चको त्रु अमोलेद डिस्प्ले रहेको छ भने यसले स्पष्ट भिजुअल अनुभवको सुनिश्चित गर्ने कम्पनीले उल्लेख गरेको छ ।

यो स्मार्टवाचको साथ आफ्नो फिटनेस निगरानी राख्न, आफ्नो कदम, दूरी र क्यालोरीहरुको रेकर्ड राखी यात्रा गर्न सकिन्छ । यसमा प्रभावशाली स्वास्थ्य निगरानी सुविधाहरु पनि रहेका छन् साथै ब्लु तुथ कलिङ सुविधामा रहँदा साथीभाईहरुले सधैँ सम्पर्क गर्न सक्ने उल्लेख गरिएको छ । कम्पनीका अनुसार फास्ट चार्जिङ र २५० एमएएच् ब्याट्री क्षमताको साथ यो स्मार्टवाच लामो समय प्रयोग गर्न सकिन्छ ।

‘अल्टिमा वाच म्याजिक प्रो’ पनि बुधबार आधिकारिकरूपमासार्वजनिक भएको छ । उपोभाक्ताहरुले सीमित अवधिको लागि अल्टिमा वाच म्याजिक प्रोको मूल्य २ हजार ९९९ रुपैयाँमा खरिद गर्न सक्ने जनाइएको छ । कम्पनीका अनुसार यसको मूल्य पनि सीमित संख्याको लागि मात्रै प्रवर्धन गरिएको हो र तत्पश्चात् वाच म्याजिक प्रो को पनि बजार मूल्य ५ हजार ९९९ रुपैयाँ रहनेछ ।