राजश्व चुहावट मुद्दाका फरार प्रतिवादी पक्राउ


काठमाडैँ । राजस्व चुहावट मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । फरार रहेका नेपाल पान मसला उद्योगका सञ्चालक कुतबुद्दिन शेषलाई प्रहरीले पक्राउ गरेको हो ।

राजश्व अनुसन्धान कार्यालय बुटवलले अन्त शुल्क स्टिकर टााँस नगरिएको इको प्लस गुट्खा १५८.३६ के.जी. वरामद गरी नेपालगंज उपमहानगरपालिका वडा नं. १, खजुरारोड, बाँके स्थित नेपाल पान मसला उद्योगको आर्थिक बर्ष २०७३/७४, २०७४/७५ र २०७५/७६ को खरिद खाता, विक्रि खाता, उत्पादन खाता, अन्तस्शुल्क स्टिकरको विवरण, बैंक स्टेटमेन्ट, विद्युत खपतको विवरण, उद्योग विभागबाट कच्चा पदार्थ तथा प्याकेजिङ् मेटेरियल खपत प्रयोग अनुपातको आधारमा गरेको छानविन तथा अनुसन्धानबाट उक्त उद्योगका संचालक रहेका शेषले कच्चा पदार्थको हिसाब-किताब र लेखा लापरबाही तथा त्रुटीपुर्ण तवरले राखी प्रचलित कानून बमोजिम कच्चा पदार्थ एवं प्याकेजिङ् मेटेरियलको खपत र सोबाट हुने उत्पादनको हिसाब उद्योग विभागबाट प्राप्त भएको नम्स अनुसार नराखी बढी गुट्खा उत्पादन गरी स्टिकर नलगाएर बिक्रि वितरण गरेको प्रहरीले उल्लेख गरेको छ ।

उच्च अदालत तुलसीपुरले २०७८ पुष १४ गते ६ महिना कैद र राजस्व चुहावट भएको बिगो रकम असुल गर्न भनेको थियो । राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ दफा ४ को (क) र (ख) तथा दफा २ (छ१) अनुसारको अन्त शुल्क, मू.अ. कर र आयकरको राजश्व चुहावट गरेको कसूरमा उच्च अदालत तुलसीपुरले पैmसला सुनाएको थियो ।

असुल गर्नुपर्ने राजश्व चुहावट गरेको विगो रकम ३ करोड ९९ लाख १० हजार ९०३ रुपैयाँ तथा जरिवाना १ करोड ९९ लाख ५५ हजार ४५२ रुपैयाँ गरी ५ करोड ९८ लाख ६४ हजार ३५५ रुपैयाँ असुल गर्न अदालतले भनेको छ ।

फरार रहेका शेषलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटीएको प्रहरी टोलिले बुधबार चन्द्रौटा कपिलवस्तुबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि बिहीबार काठमाडौँ जिल्ला अदालतमा पेश गरेको प्रहरीले जनाएको छ ।