बचतकर्ताको ४ करोड रुपैयाँभन्दा बढी हिनामिना गर्ने देउराली सहकारी सञ्चालक पक्राउ


काठमाडौँ । सहकारीमा बचतकर्ताको पैसा हिनामिना गर्ने अध्यक्ष पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रवीन्द्र चौलागाईंलाई पक्राउ गरेको हो । बचतकर्ताको झण्डै साढे ४ करोड रुपैयाँ अपचलन तथा हिनामिना गरेको आरोपमा सीआईबीको टोलीलाई उनलाई पक्राउ गरेको हो ।

सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार चौलागाईंले निक्षेपकर्ताहरूको पैसा हिनामिना गरेका हुन् ।

एसपी अधिकारीका अनुसार चौलागाईंले ४ करोड ४९ लाख ९९ हजार ४ सय ४३ रुपैयाँ ठगी गरेका छन् । उनले निक्षेपकर्ताहरुलाई आर्कषक ब्याजदर दिन्छु भनी प्रलोभन देखाई निक्षेपकर्ताको रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाएका थिए ।

मासिकरत्रैमासिकरवार्षिक रुपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वासका साथ उक्त संस्थामा बचतकर्ताहरुले जम्मा गरेको रकमको साँवा, ब्याज फिर्ता नदिई पटक(पटक ताकेता गर्दा पनि उनले फिर्ता दिन आनाकानी गर्दै आएका थिए ।

आफूहरूको पैसा फिर्ता नभएपछि बचतकर्ताले प्रहरीमा चौलागाईंविरुद्ध जाहेरी दिएका थिए । ३९ वर्षीय चौलागाईं चौरी देउराली गाउँपालिका वडा नम्बर ६ का स्थायी बासिन्दा हुन् ।