नाडा र हाम्रो बजारबिचको सहकार्यमा शुक्रबारदेखि डिजिटल अटो शो हुने


काठमाडौँ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र हाम्रो बजार डटकमको सहकार्यमा शुक्रबारदेखि नाडा डिजिटल अटो सो आयाेजना गरिने भएको छ । नाडाको सचिवालय, टेकुमा यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार डिजिटल अटो सो गर्ने हाम्रो बजार डटकमले काठमाडौँको भृकुटीमण्डपमा हालै सम्पन्न नाडा अटो सो २०२३ का सम्पूर्ण गतिविधिबारे नाडा डट हाम्रोबजार डटकममार्फत दिनदिनै विविध जानकारी प्रसारण गर्नेछ ।

नाडाका तर्फबाट अध्यक्ष ध्रुव थापा र हाम्रो बजार डटकमका तर्फबाट कान्तिपुर मिडिया ग्रुपका बजार प्रबन्धक सागर केसीले हस्ताक्षर गरेका थिए ।