मधेश प्रदेशका तत्कालिन आर्थिक मामिला मन्त्री र सचिवसहित ७ जना विरुद्ध भ्रष्टाचारको मुद्दा


काठमाडौँ । मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला मन्त्री र सचिवसहित ७ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालसँगको सहकार्यमा एन्टि भेनमप्रोडक्सन ऐण्ड रिसर्च सेन्टर नेपाल स्थापना,व्यवस्थापन र सञ्चालन गर्दा अनियमितता गरेको भन्दै मधेश प्रदेशका तत्कालिन आर्थिक मामिला मन्त्री विजयकुमार यादव, तत्कालीन सचिव प्रेम श्रेष्ठलगायत ७ जना विरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर भएको हो ।

आयोगले रु. १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ अपलचन भएको निष्कर्ष निकालेको छ ।

तत्कालीन झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपाल हाल राष्ट्रिय स्वास्थ्य विज्ञान तथा अनुसन्धान परिषद्का सञ्चालक समितिका पदाधिकारीहरु लगायत विरुद्ध पनि मुद्दा दायर भएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन मन्त्री विजय कुमार यादव, र सर्लाही, लालबन्दी नगरपालिकाका तत्कालीन नगर प्रमुख मान बहादुर खड्काले आफूलाई नभएको अधिकार समेत प्रयोग गरी रकम अपलचन गरेको अख्तियारको ठहर छ ।