दसैंमा घर जानेलाई बस सेवाको अग्रिम बुकिङ खुल्ला


काठमाडौँ । अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकममा दसैंको अग्रिम टिकट बुकिङ खुला भएको छ।

बुकिङ खुला भएसँगै अबदेखि यात्रुहरूले अनलाइनबाटै दसैंको अग्रिम टिकट बुकिङ गर्न सक्नेछन्। साथै, दसैंमा गएका यात्रुहरूले फर्कनका लागि पनि बससेवाबाटै टिकट काट्न सक्ने कम्पनीले जनाएको छ।

बससेवाबाट नेपालका अधिकांश रूटहरूका टिकट काट्न सकिन्छ। यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाइल एप्लिकेशनबाट टिकट बुकिङ गर्न सक्नेछन्।

यातायात व्यवसायीसँगको छलफलपछि अनलाइनबाट बुकिङ सुरू गरिएको बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले बताए।

बससेवाले बससेवामार्फत् टिकट काट्ने यात्रुहरूमध्ये हरेक दिन ५ जनालाई शतप्रतिशत क्यासब्याक अफर समेत सार्वजनिक गरेको छ।