गरिमा क्यापिटलद्वारा विश्व लगानीकर्ता सप्ताह अन्तरगत साताव्यापी कार्यक्रम सम्पन्न


काठमाडौ । गरिमा क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह–२०२३को अवसरमा साताव्यापी कार्यक्रम सम्पन्न गरेको छ ।

क्यापिटलले उक्त अवसरमा साताव्यापी पुँजीबजार साक्षरता कार्यक्रम र विभिन्न अन्र्तरक्रिया कार्यक्रमहरु सम्पन्न गरेको हो ।

एक साता गोल्डेनगेट इन्टरनेशनल कलेज, सेन्ट लवरेन्स कलेज, पञ्चकन्य ग्रुप तथा उद्योग वाणिज्य संघ स्याङ्जा जिल्लामा पुँजी बजार सम्बन्धी वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको क्यापिटलका प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले जानकारी दिए ।

धितोपत्र नियमनकर्ताहरुको अन्र्तराष्ट्रिय संगठन (आईओएस) सन २०१७ देखि विश्वभर लगानीकर्ता सप्ताह मनाउँदै आएको हो ।
आइओएससीओको एसोसियट सदस्य नेपाल धितोपत्र बोर्ड रहेको छ ।

बोर्डले बिगतबाटै लगानीकर्ताका लागि सचेतनाका कार्यक्रम गरेर विभिन्न कार्यक्रमहरु आयोजना गरी सप्ताह मनाउँदै आएको छ ।

विश्वभर सप्ताहको अवसरमा १०० बढी देशमा आजदेखि अक्टुवर ८ तारिखसम्म मनाउने गरिएको छ ।