सोनापुर मिनरल्सको आइपीओ बाँडफाँड सम्पन्न


काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आईपीओ आज बाँडफाँड सम्पन्न भएको छ । बुधबार (असोज ४) गते बिहान धितोपत्र बिक्री प्रबन्धक एनआईबिएम एस क्यापिटलको कार्यालयमा बाँडफाँड सम्पन्न भएको हो ।

धितोपत्र बिक्री प्रबन्धक एनआईबिएम एस क्यापिटलका यो आईपीओमा कुल ११ लाख ४६ हजार ६६१ आवेदकबाट कुल १ करोड ५१ लाख ५९ हजार ९२० कित्ता सेयर माग भएको थियो।

जसमा १० लाख ४६ हजार ४५९ आवेदकबाट परेको १ करोड २० लाख ६९ हजार ८९० कित्तामात्रै प्रमाणीकरण भएको क्यापिटलले जनाएको छ। माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको छ ।

गोलाप्रथा मार्फत १० लाख ३२ हजार १ सय ३२ जनाले १० कित्ताको दरले सेयर प्राप्त गरेका छन् भने यी मध्ये पनि ८ जनाले ११ कित्ता सेयर पाएका छन्

कम्पनीले गत असोज १४ गतेदेखि असोज १७ गतेसम्म १०० रुपैयाँ अंकित मूल्यमा १३७।५८ रुपैयाँ प्रिमियम थपेर कुल २३७।५८ रुपैयाँ प्रतिकित्ताको दरले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर निष्कासन गरेको थियो।

सोनापुर मिनिरल्सले कर्मचारीलाई छुट्याएको पौने ६ लाख बढी कित्ता सेयर बिक्री नभएकोले कर्मचारीले नकिने सेयर पनि सर्वसाधारणलाई नै वितरण गरिएको छ । ।

यो आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक र आईपीओ निष्कासनकर्ता कम्पनीको वेबसाइट र सीडीएससीको वेवसाइट मार्फत हेर्न सकिनेछ।