शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभाश घोषणा, बोनस सेयर कति ?


काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ११.५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

बैंकको असोज २३ गते बसेको संचालक समितिको बैठकले कम्पनीले हाल कायम चुक्ता पुँजीको १०.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५५ प्रतिशत नगद गरि कुल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब २८ करोड ३८ लाख रुपैयाँ रहेको छ ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले अनुमोदनपछि मात्रै लगानीकर्तालाई वितरण गरिने बैंकले जनाएको छ ।