सेयर लगानीकर्ताहरुले दिए बोर्डका अध्यक्ष हमाल र बिमा प्राधिकरणका अध्यक्ष सिलवाल विरुद्ध अख्तियारमा उजुरी


काठमाडौँ । सेयर लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजु रमण पौडेल (जो जो संलग्न छन्) विरुद्ध अख्तियारमा उजुरी दिएका छन् ।

लगानीकर्ता केशव कोइरालाको नेतृत्वमा गएको टोलीले उजुरी दिएको हो । उजुरीको दर्ता नंम्बर सी (०२४२४९ रहेको छ । बीमा ऐन २०७९ को दफा ४५ को उपदफा ५ को प्रतिबन्धात्मक ब्यवस्था विपरित अख्तियारको दुरुपयोग गरी बीमा कम्पनीहरुलाई प्रिमियममा साधारण सेयर जारी गर्न दिएर भ्रष्टाचार गरेकोले सो घटनाको छानविन गरी संलग्न दोषीहरु उपर प्रचलित कानून बमोजिम कारबाही गर्न उजुरी दिएका हुन्।

बिमा ऐन २०७९ को दफा ४५ को उपदफा ५ मा रहेको प्राबधानमा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भएता पनि बीमकले सर्बसाधारणबाट सेयर खरिदकालागि दरखास्त आब्हानगर्दा सेयरको अंकितमुल्यको शतप्रतिशत रकम माग गर्नुपर्ने उल्लेख छ ।

प्राधिकरणको गैरकानूनी कामलाई नेपाल धितोपत्र बोर्डले समेत नजरअन्दाज गर्दै धमाधम बीमा कम्पनीहरुलाई आईपीओ निष्कासनको अनुमति दिएको आरोप भेलामा सहभागी लगानीकर्ताहरुले लगाएका छन् ।

बीमा ऐन, २०७९को दफा ४५को उपदफा ५मा ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भएता पनि बीमकले सर्वसाधारणबाट सेयर खरिदका लागि दरखास्त आह्वान गर्दा सेयरको अंकित मूल्यको सतप्रतिशत रकम माग गर्नुपर्ने’ व्यवस्था छ। तर, यो व्यवस्थाविपरीत बीमा प्राधिकरणले सिटिजन लाइफ, रिलायबल लाइफ, आइएमई लाइफ र सन–नेपाल लाइफ इन्स्योरेन्सलाई प्रिमियममा आईपीओ निष्कासनको स्वीकृति प्रदान गरेको थियो।

लगानीकर्ताको माग दावी र उजुरी