चिरख्वा हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन


काठमाडौँ । चिरख्वा हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ निष्कासन गरी बाँडफाँट गरिसकेछी सर्वसाधारणको लागि निष्कासन गरेको हो ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अङ्कित मूल्यका ८ लाख ५९ हजार ३०० कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

कम्पनीले स्थानीय बासिन्दाका लागि निष्कासन गर्दा आवेदन नपरेको सेयर सहित सर्वसाधारणका लागि आईपीओ बिक्री गर्न लागेको हो । कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।