शुक्रबार ६ लाख बढी बोनस सेयर सूचिकृत


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शुक्रबार ६ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ ।

रिलायन्स फाइनान्सको ६.५० प्रतिशतले हुन आउने ६ लाख ८४ हजार ४५४.११ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीले असार ३१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको ६।५० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।