नेपाललाई मेडिकल शिक्षाको आर्कषक केन्द्र बनाउन सकिन्छ : सचिव भट्टराई


काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाललाई मेडिकल शिक्षाको आर्कषक केन्द्र बनाउन सकिने बताएका छन् ।

धेरै नेपाली विद्यार्थी बाहिर गएको भन्दै नेपालमा भारत,पाकिस्तान, बैगलदेश लगायतका विद्यार्थी भित्राएर मेडिकल शिक्षाबाट आम्दानी गर्न सकिने बताए ।

अन्तराष्ट्रिय युवा उद्यमी सम्मेलनमा बोल्दै भट्टराईले भने,“अरु मात्रै होइन नेपालबाट मेडिकल शिक्षाका लागि समेत विद्यार्थी बाहिर गइरहेका छन् । नेपालमा सय जना विद्यार्थी पढाउने मेडिकल कलेजले १० जना थप कोटा माग्दा पाउँदैन तर हजारौ विद्यार्थी बाहिर गइरहेका छन् । नर्सिङ्को त्यस्तै छ, इन्जिनियरिङको त्यस्तै छ ।”

उनले नेपालमा मेडिक शिक्षालाई विस्तार हुन नदिएको भन्दै आपत्ति जनाए ।

उनले भने,“ मेडिकल कलेज खोलौँ, कोटा थपौँ भन्यो कि अभियन्ता नामका मान्छे अनसन बस्न थालिहाल्छन् । अनि त्यसकै पछाडि मान्छे कु्द्छन् । यसका लागि सामाजिक सञ्जाल र मिडिया दुरुपयोग हुने गरेको छ ।”

नेपालमा मेडिकल शिक्षामा अवरोध हुँदा भारतले सिमानामा कलेज गरेको प्रसंग उल्लेख गर्दै भने,“ को किन अनसन वस्छ विरोध गर्छ कसैले बुझ्दैन । कसको के स्वार्थ छ कसैले बुझ्दैन । आज हामीले यसको हबिगत भोगिरहेका छौँ ।”

उनले नेपालमा विदेशी मुद्रा भित्राउने एउटा महत्वपूर्ण आधार मेडिकल शिक्षा हुन सक्ने बताए ।