सोमबारदेखि सुरु भयो नयाँ नोट सटही


काठमाडौँ । नेपाल राष्ट्र बैंकले असोज २९ गते सोमबारदेखि दशैँकाे लागि नयाँ नोट सटही गर्ने व्यवस्था मिलाएको छ ।

राष्ट्र बैंकका अनुसार काठमाडौँ उपत्यकाभित्र नयाँ नोट सटहीको लागि नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग र वाणिज्य बैंकका तोकिएका शाखा कार्यालय मार्फत गर्न सकिने छ ।

उपत्यका बाहिरको लागि भने राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको कार्यालयमध्ये पायक पर्ने स्थानमा गई नोट सटहीको सुविधा लिन सकिने राष्ट्र बैंकले जनाएको छ।

एक जनाले रु १००, रु. ५०, रु. २०, रु. १० र रु. ५ दरका एक एक बन्डल नोट सटही गर्न सकिने छ ।