शिवम होल्डिङग्सले प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्न साधारण सभा बोलायो


काठमाडौं । साधारण सेयर आइपीओ प्रिमियम मूल्यमा निष्काशन गर्ने तयारीका साथ शिवम होल्डिङग्स लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी कात्तिक २२ गते वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो ।

साधारण सभा कम्पनीको कार्यालय अनामनगर काठमाडौंमा विहान ११ बजे बोलाउने निर्णय गरेको समितिका एक सदस्यले जानकारी दिए ।

त्यस्तै सभाले कम्पनीको जारी पूँजी ५ अर्ब ८० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १ करोड १६ लाख किता आईपीओ प्रिमियम मूल्यमा निष्कासन गर्ने कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

यसैगरी,सोही सभाले आर्थिक वर्ष २०७९र८० को मुनाफा समेतबाट हाल कायम सेयरधनीहरुलाई चार प्रतिशतका दरले १७ करोड ४४ लाख नगद लाभांश दिने प्रस्ताव पनि पारित गर्नेछ ।