काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ हुने कर्जा प्रवाह ०.७ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्रबैंकका अनुसार भदौ मसान्तसम्म निजी क्षेत्रमा ३३ अर्ब ६० करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।
गत वर्ष सोही अवधिमा निजी क्षेत्रमा हुने कर्जा प्रवाह २४ अर्ब १३ करोड रुपैयाँ रहेको थियो ।
वार्षिक बिन्दुगत आधारमा २०८० भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ४.० प्रतिशतले बढेको छ ।
गत महिना भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर– वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.० प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.० प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.८ प्रतिशत र ३६.२ प्रतिशत रहेको थियो।
समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ०.८ प्रतिशतले, विकास बैंकहरुको ०.१ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ०.३ प्रतिशतले बढेको छ ।
गत भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये १२.१ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६७.२ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ ।
२०७९ भदौ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.५ प्रतिशत र ६६.६ प्रतिशत रहेको थियो।
प्रतिक्रिया दिनुहोस्