भाटभटेनीमा किनमेल गर्दा टाटा टिगोर जित्न सकिने


काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ र भाटभटेनीको सहकार्यमा ‘ग्रेट भाटभटेनी कार्निभल कार्यक्रम’ मार्फत् भाटभटेनीका ग्राहकहरूले टाटा टिगोर जित्न सक्नेछन्।

नेपालीहरूको महान चाड दशैं, तिहार र छठ पर्वको अवसरमा भाटभटेनीमा २ हजार पाँच सय रुपैयाँको सामान किन्दा टाटा टिगोर जित्न सकिनेछ।

यो अफर असोज २८ गतेदेखि पुस २५ गतेसम्म सञ्चालन हुनेछ भने सन् २०२४ को पहिलो साता लक्की ड्र मार्फत् विजेता घोषणा गरिने कम्पनीले जनाएकाे छ ।

टाटा टिगोर १. २ लिटर रिभोट्रन पेट्रोल इन्जिनमा निर्मित उत्कृष्ट गाडी हो। यसमा उच्च सुरक्षा, आरामदायी र अत्याधुनिक किसिमको इन्फोटेन्मेन्ट सुविधाहरू रहेको कम्पनीको भनाइ छ।

यो कार्यक्रम देशभरका २६ वटा भाटभटेनी सुपरमार्केटमा लागु हुनेछ।