भारतले इजरायलबाट १८ नेपालीसमेत १२ सय जनाको उद्दार गर्‍यो


काठमाडौँ । भारतले इजरायलबाट १८ नेपाली र आफ्ना १२ सय नागरिकको उद्दार गरेको छ ।

हमासले इजरायलमा आक्रमण गरेपछि सिर्जित युद्धकाबिच भारतले आफ्ना नागरिकको उद्दार प्राथमिकतासाथ जारी राखेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

आफ्ना नागरिक उद्दारका क्रममा १८ जना नेपालीको पनि उद्दार गरेको भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सले जनाएको छ ।

हिजो मात्रै ‘अपरेसन अजय’ अन्तर्गत छैटौंँ फ्लाइट मार्फत् १४३ जनाको उद्दार गरेको छ र जसमध्ये २ नेपाली रहेका समाचारमा उल्लेख छ ।