वैदेशिक रोजगारीमा सबैभन्दा धेरै कामदार पठाउने यी हुन् ५० कम्पनी


काठमाडौँ । पछिल्लो एक वर्षमा १५ सय भन्दा बढी कामदार विदेश पढाउने म्यानपावर कम्पनीको संख्या ५० रहेको छ ।

गत वर्ष संस्थागत रुपमा श्रमस्वीकृति लिने ८ सय ८७ कम्पनीमध्ये ५० वटा कम्पनीले मात्रै ३० प्रतिशत भन्दा बढी कामदार वैदेशिक रोजगारीका लागि पठाएका छन् ।

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार द रिभर ओभरसिज प्रा.लि. र इन्टरनेसनल म्यानपावर रिक्रुमेन्ट प्रा.लि.ले मात्रै ५ हजार भन्दा बढी संख्यामा कामदार पठाएका छन् ।

द रिभर ओभरसिजले सबैभन्दा बढी ५ हजार ५सय ४६ र इन्टरनेसनल म्यानपावर रिक्रुमेन्टले ५हजार ३ सय ३५ जनाको संस्थागत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि पठाएका छन् ।

३ हजार भन्दा बढी जनशक्ति बाहिर पठाउने कम्पनी ४ वटा रहेका छन् । जसमा एसओएस म्यानपावर सर्भिस प्रा.लि.ले ३ हजार ४ सय ५७, मोन्टाज ओभरसिज प्रा.लिले ३ हजार ६ सय ४९, मेरिडियन ओभरसिज प्रा.लि.ले ३ हजार ३ सय ७८, मास ह्युमन रिसोर्स प्रा.लि.ले ३ हजार १ सय ७९ जना वैदेशिक रोजगारीमा जानेका लागि श्रमस्वीकृति लिएका थिए ।

निलकमल ह्युमन रिसोर्स प्रा.लि.ले ४ हजार २ सय ३७ जनाका लागि श्रम स्वीकृति लिएको थिए । म्यानपावर व्यवसायीहरूका अनुसार सधै सबै कम्पनीले विदेश पठाउनेको संख्या एकनाश हुँदैन ।

माग, जनसम्पर्क र प्रयासका आधारमा घटबढ भइरहन्छ ।

बैदेशिक रोजगारीमा गएका ४ लाख ३ हजार ६ सय ४१ मध्ये १ लाख २१ हजार ८ सय ५३ जना यी ५० वटा म्यानपावरबाट मात्रै गएका छन् ।

यसको कुल हिस्सा ३० प्रतिशत हुन आउँछ । सधै एकैनासको नभए भएपनि धेरै कामदार पठाउनेमा सय डेढ सयको हिस्सा बढी हुन्छ ।

सबैभन्दा धेरै कामदार पठाउने ५० कम्पनी