सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड कायम, कतिमा हुुँदैछ कारोबार


काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ कीर्तिमान बनाएको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भएको छ । यो मूल्य हालसम्मकै उच्च रहेको महासंघले जनाएको छ ।
त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

शुक्रबार पनि सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर प्रतितोला छापावाला सुन १ लाख १६ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १५ हजार ४५० रुपैयाँमा किनबेच भएको थियो। जुन यसअघिको उच्च हो।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ४१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।