प्रधानमन्त्री र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री प्रचण्डले आइतबार गुुटेरेसलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा स्वागत गरेका हुन् ।

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदलाई भेटेलगत्तै गुटेरेसलाई प्रधानमन्त्री प्रचण्डले स्वागत गरेका हुन्।

प्रधानमन्त्री प्रचण्डको निमन्त्रणमा गुटेरेस चारदिने औपचारिक भ्रमणका लागि आजै राति काठमाडौं आइपुगेका हुन्। उनी अहिले् उच्चस्तरीय भेटवार्ताका लागि सिंहदरबार पुगेका छन्।

आजै उनले कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा राष्ट्रपतिसँग भेट्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको।