नेप्सेमा २८ अंकको गिरावट, ७४ करोडमा खुम्चियो कारोबार


काठमाडौं । दशैं विदा पछिको पहिलो कारोबारको दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्स (नेप्स)का अनुसार आइतबार सेयरमापक सूचक नेप्से परिसूचक २८.१८ अंकले घटेर १८७५.६५ अंकमा झरेको छ ।

त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक ५.१६ अंकले घटेर ३६१.९४ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये सबै उपसमुहको सेयरमूल्य घटेको छ ।

आइतबार कारोबार रकमका आधारमा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।

कम्पनीको ४ करोड ८ लाख ५६ हजार ३ सय १५ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन अपर सोलुु हाइड्रो इलेक्ट्रिक कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ८.९९ प्रतिशतले बढेको छ ।

त्यस्तै आइतबार सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।

कम्पनीको सेयर धितोपत्र दोस्रो बजारमा आजदेखि कारोबार नियमित कारोबार सुरु भएको छ । कारोबारको पहिलो दिन नै कम्पनीको सेयरमूल्यमा नकरात्मक सर्किट लागेको हो ।

कुल २८३ कम्पनीको २७ लाख १२ हजार १ सय २३ कित्ता सेयर किनबेच हुँदा ७४ करोड २९ लाख २५ हजार ३ सय ९२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।