ग्लोबल आइएमई लघुवित्तको नाफा बढ्यो


काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८० ८१ को पहिलो त्रैमासमा ३ करोड ४० लाख रुपैयाँ नाफा कमाएको छ ।

लघुवित्तले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार यो नाफा गत आर्थिक वर्षको पहिलो त्रैमासको भन्दा २७.१५ प्रतिशतले बढी हो । गत वर्षको यहि अवधिमा २ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यो अवधिमा लघुवित्तले १५ करोढ ५७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यस लघुवित्तको प्रति शेयर आम्दानी २१.९८ रुपैयाँ रहेको छ । यस अवधिमा लघुवित्तको खराब कर्जा पनि बढेको छ । लघुवित्तको खराब कर्जा ४.७६ प्रतिशत रहेको छ ।

यस लघुवित्तको चुक्ता पुँजी ६१ करोड ८९ लाख रुपैयाँ रहेको छ ।