वैदेशिक रोजगारीका लागि एकै वर्षमा १ सय ४८ देशसम्म फैलिन्छन् नेपाली


काठमाडौँ । नेपालीहरू रोजगारीका लागि एकैवर्ष १ सय ४८ देशसम्म पुग्ने गरेका छन् ।

बैदेशिक रोजगार बिभागको तथ्याङ् अनुसार कामको खोजीका लागि नेपालीहरू विश्वभर फैलने गरेका छन् ।

आर्थिक वर्ष २०७९/८० मा मात्रै १ सय ४४ देशमा ७ लाख ७१ हजार ३ सय २७ जना नेपाली रोजगारीका लागि पुगेका छन् ।

अहिलेसम्म सबैभन्दा बढी आर्थिक वर्ष २०७८/०७९ मा १ सय ४८ देशमा ६ लाख ३० हजार ९० जना नेपाली श्रम स्वीकृति लिएर गएका छन् ।

आर्थिक वर्ष २०७३/०७४ मा ६ लाख ४२ हजार ८ सय ५९ जना १ सय ४१ देशमा पुगेका थिए भने आर्थिक वर्ष २०७४/०७५ मा ६ लाख १२ हजार ६ सय ८५ नेपाली कामका लागि १४२ देशमा फैलिएका थिए ।

यस्तै आर्थिक वर्ष २०७५/०७६ मा ४ लाख ७६ हजार ७ सय ५ जना व्यक्तिगत तथा संस्थागत श्रमस्वीकृतिबाट १ सय ३६ देशमा पुगेका थिए । कारोनाको प्रभावका बेला भने यो संख्या केही घटेको देखिन्छ ।

आर्थिक वर्ष २०७६/०७७ मा १ सय २७ देशमा ३ लाख ६८ हजार ४ सय ३३ जना गएका थिए भने आर्थिक वर्ष २०७७/०७८ मा १ लाख ६६ हजार ६ सय ९८ जना १ सय १६ देशमा पुगेका थिए ।

कोरोना कम हुँदै गएपछि आर्थिक वर्ष २०७८/०७९ पछि नेपाली जाने देश र व्यक्ति दुबैको संख्या बढेको देखिएको छ ।