नेपाल आउने पर्यटकको संख्या बढ्दै


काठमाडौँ । सन् २०२३ अक्टोबरमा १ लाख १७ हजार ३०६ पर्यटक नेपाल भित्रिएका छन् । २०२३ को जनवरी देखि अक्टोबरसम्म नेपालमा ८ लाख ९ हजार ६७८ जना पर्यटक नेपाल भित्रिएका छन् ।

भारतबाट सबैभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । भारतबाट १८ हजार ४८० पर्यटक नेपाल भित्रिएका हुन् । संयुक्त राज्व्य अमेरिकाबाट १४ हजार ८७९, युकेबाट ८ हजार २१७, चीनबाट ६ हजार ८८०, अष्ट्रेलियाबाट ६ हजार ७५, जर्मनीबाट ५ हजार २७१, फ्रान्सबाट ५ हजार २७१, बंगलादेशबाट ४ हजार २९२, श्रीलंकाबाट २ हजार ५०७ र इटालीबाट २ हजार ४६७ पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

सन् २०१९ मा १ लाख १३ हजार ८१६ पर्यटकहरु नेपाल आएका थिए । २०२२ मा भने ५२ हजार १२१ पर्यटक मात्र नेपाल भित्रिएका थिए ।