नेप्से परिसूचक बुधबार पनि घट्यो


काठमाडौं । बुधबार सेयरबजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्स (नेप्से)का अनुसार बुधबार सेयरमापक सूचक नेप्से परिसूचक ५.८३ अंकले घटेर १८५८.५६ अंकमा झरेको छ ।

त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक ०.८३ अंकले घटेर ३५९.९५ अंकमा झरेको छ । आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये लगानी उपसमुहको सेयरमूल्य बढेको छ भने १२ उपसमुहको सेयरमूल्य घटेको छ ।

बुधबार कारोबार रकमका आधारमा सोनापुर मिनरल्स अग्रस्थानमा रहेको छ । कम्पनीको १४ करोड ६० लाख २ हजार २२५ रुपैयाँको कारोबार भएको छ ।

सयपत्री हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.३९ प्रतिशतले बढेको छ ।

त्यस्तै, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ७.९९ प्रतिशतले घटेको छ ।

कुल २९६ कम्पनीको ३३ लाख ६४ हजार ५६ कित्ता सेयर किनबेच हुँदा ८१ करोड २० लाख ८९ हजार २९१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।