तिहारको अवसरमा राष्ट्र बैंकले सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्ने


काठमाडौँ । तिहारमा नेपाल राष्ट्र बैंकले सुनका असर्फी र चाँदीका सिक्का (मेडालियन) बिक्री गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले सुनको असर्फी प्रतिव्यक्ति बढीमा १ सेट (१० ग्राम + ५ ग्राम + २.५ ग्राम) र चाँदीका सिक्का (मेडालियन) १ सेट गाई अंकित २५ ग्राम + गाई अंकित १० ग्राम + लक्ष्मी अंकित १० ग्राम + गणेश अंकित १० ग्राम + गजलक्ष्मी अंकित १० ग्राम) बिक्री प्रबन्ध मिलाएको जनाएको छ ।

यस सिक्काको बिक्री कात्तिक १९ गतेदेखि २४ गतेसम्म हुने जनाइएको छ ।