बिहीबार दोहारो अंकले घट्यो नेप्से परिसूचक


काठमाडौं । बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्स (नेप्से)का अनुसार बुधबार सेयरमापक सूचक नेप्से परिसूचक १०.८६ अंकले घटेर १८४७.७० अंकमा झरेको छ ।

त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक २.१९ अंकले घटेर ३५७.७६ अंकमा झरेको छ । आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये दुई उपसमुहको सेयर मूल्य बढेको छ भने बाँकी ११ ओटाको घटेको छ । होटल र पर्यटन र म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ उपसमुहको सेयरमूल्य बढेको हो ।

बिहीबार कारोबार रकमका आधारमा आशा लघुवित्त वित्तीय संस्थाको प्रोमोटर सेयर अग्रस्थानमा रहेको छ । कम्पनीको १० करोड १० लाख १० हजार रुपैयाँको कारोबार भएको छ ।

चन्दागिरी हिल्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ६.०४ प्रतिशतले बढेको छ ।

त्यस्तै, सयपत्री हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

कुल २८१ कम्पनीको ३७ लाख ४९ हजार ९५४ कित्ता सेयर किनबेच हुँदा ९६ करोड ४४ लाख ७७ हजार ७११ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।