टेक स्टूडियोकाे अफर एक्यूफिट स्मार्टवाच खरिदमा निशुल्क मोबाइल फोन


काठमाडौँ । टेक स्टुडियो प्रा. लि. ले “एक्यूफिट स्मार्टवाचको हरेक खरिदमा नि:शुल्क मोबाइल फोन पाउनुहोस्” भन्ने ट्याग लाइनको साथ आगामी तिहारको लागि विशेष योजना घोषणा गरेको छ।

यस योजनाले चयन गरिएकाे प्रत्येक मोडेल एक्यूफिट स्मार्टवाचको खरिदमा नि:शुल्क मोबाइल फोन प्रदान गर्ने जनाएकाे छ । चयन गरिएका मोडलहरूमा एक्यूफिट डब्लु१६, एक्यूफिट डब्लु १८ (म्याक्स जीटी) र एक्यूफिट  डब्लु २० (कस्मिक प्लस)  रहेका छन् ।  

जसको प्रस्ताव मूल्य क्रमशः रु.३ हजार ९९९, रु.४ हजार ९९९ र रु.६ हजार ९९९ तोकिएको छ। कम्पनीका अनुसार एक्यूफिट डब्लु १६ को खरीद संग, केजीटेल १०५ मोबाइल फोन नि: शुल्क प्रस्ताव गरेकाे छ। एक्यूफिट डब्लु १८ (म्याक्स जीटी)  को खरिदमा केजीटेल १०६ मोबाइल फोन र केजीटेल २४३ मोबाइल फोन एक्यूफिट डब्लु २० (कस्मिक प्लस) को खरिदमा नि:शुल्क उपलब्ध गराइने कम्पनीले जनाएकाे छ।

केजीटीईएल १०५, १०६ र २४३ मोबाइलको बजार मूल्य क्रमशः रु.१ हजार ५००, रु.१ हजार  ८०० र रु.२ हजार तोकिएको छ। यो प्रस्ताव नोभेम्बर १ तारिख २०१३ अर्थात कात्तिक १५ गतेदेखि नोभेम्बर १० तारिख अर्थात कात्तिक २४ गतेसम्म मात्र मान्य हुने जनाएकाे छ।