ललितपुरमा सेरेसको नयाँ शोरुम उद्घाटन


ललितपुर । नेपालका लागि सेरेस ईभीको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्पले ललितपुरमा सेरेसको नयाँ शोरूप सञ्चालनमा ल्याएको छ।

डिलरशिपका लागि सिल्भर मुन मोटर्स प्रालिसँग साझेदारी गर्दै ललितपुरको थासिखेलमा सेरेसले आफ्नो दोस्रो अत्याधुनिक शोरुम उद्घाटन गरिएको हो।

शोरुमले ब्रान्डको पहुँचलाई थप वृद्धि गर्ने तथा सेरेस ईभीहरुको अन्वेषण गर्ने हबको रूपमा काम गर्ने उद्देश्य लिएको अपेक्षा गरिएको छ। 

एमएडब्लु ग्रुपका प्रबन्ध निर्देशक विष्णु अग्रवाल, सेरेसका कन्ट्री म्यानेजर फोर्ड हु र सिल्भर मुन मोटर्सका प्रबन्ध निर्देशक विष्णु भण्डारी लगायतको उपस्थितमा शोरूप उद्घाटन गरिएको हो । 

सेरेसलाई ब्रान्ड फाइनान्स अटोमोटिभ उद्योगले २०२३ मा विश्वको सबैभन्दा छिटो बढ्दै गरेको अटोमोबाइल ब्रान्डको रूपमा मान्यता दिएको छ।

सेरेस युरोप प्रवेश गर्ने पहिलो चिनियाँ अटोमेकर हो र यो २१ युरोपेली राष्ट्रहरूसहित विश्वका करिब ७० देशहरूमा अवस्थित छ जसमा नेपाल ७१औँ गौरवशाली स्थान बनेको छ। सेरेस ह्वावेको निर्माण साझेदार हो र यसले सन् २०२६ सम्ममा १० लाख ईभी उत्पादन गर्ने लक्ष्य राखेको छ। 

नेपालमा सेरेसले सेरेस ३ र सेरेस मिनी ईभी गरी दुईवटा मोडलहरू उपलब्ध गराउँछ। सेरेस ३ कम्फर्ट र प्रिमियम दुई भेरियन्टहरुमा उपलब्ध छ जसको मूल्य क्रमशः ४९ लाख ९९ हजार र ५२ लाख ९९ हजारबाट सुरु हुन्छ।