ग्लोबल आइएमई बैंकको नाफा बढ्यो


काठमाडौँ । ग्लोबल आइएमई बैंकको खुद नाफा ३.०४ प्रतिशतले बढेको छ । ग्लोबल आइएमई बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८० ८१ को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार १ अर्ब २२ करोड रुपैयाँ नाफा कमाएको हो ।

गत आर्थिक वर्षको यहि अवधिमा बैंकले १ अर्ब १८ करोड रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ८० करोड रुपैयाँ रहेको छ । यो गत आर्थिक वर्षको तुलनामा ४९.९२ प्रतिशतले बढी हो ।

बैंकको सञ्चालन मुनाफा ६.४२ प्रतिशतले बढेको छ । बैंकको खराब कर्जा पनि बढेको छ । गत आर्थिक वर्षको यहि अवधिमा २.१० प्रतिशत रहेको खराब कर्जा अहिले बढेर ४.३८ प्रतिशत पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १६८.३० रुपैयाँ कायम भएको छ । बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड १० लाख रुपैयाँ रहेको छ ।